धादिङ । धादिङको नीलकण्ठ नगरपालिका – १३ मा एक युवकले धारिलो हतियार प्रहार गरी ६४ वर्षीय वृद्धको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका हुन् ।
हत्यापछि युवकले आत्मसमर्पण गरेका छन् । उनीले मृतकको टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।