शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

पुजारीको हत्यारालाई बचाउन षडयन्त्र गरेको भन्दै मुख्यमन्त्री राउतलाई कालो झन्डा 

पुजारीको हत्यारालाई बचाउन षडयन्त्र गरेको भन्दै मुख्यमन्त्री राउतलाई कालो झन्डा 

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 2.0K
    SHARES

  • पुजारीको हत्यारालाई बचाउन षडयन्त्र गरेको भन्दै मुख्यमन्त्री राउतलाई कालो झन्डा 

    गौर। रौतहटमा गोली हानेर हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झणडा देखाएका छन् ।

    रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियामा प्रहरी चौकी शिलान्यास गर्न मुख्यमन्त्री राउत र भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव उक्त स्थानमा पुगेका थिए । तर कार्यक्रम गर्न नपाउदै ठूलो संख्यामा उपस्थित स्थानीयले उनीहरुलाई कालो झन्डा देखाउनुको साथै नाराबाजी समेत गरेका थिए । 

    वडाध्यक्ष शेख नरुल्लाहको प्रत्यक्ष संलग्नतामा पुजारीको हत्या गरिएको र निजहरू आफ्नो पार्टीको नेता भएकोले बचाउनको लागि उक्त स्थानना आएर घटनाको अनुसन्धान मोड्न षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदर्शन गर्दै मुख्यमन्त्रीलाई सचेत गराएका छन् ।

    पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !, हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्क्याउन पाउदैन, पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर ! जस्ता नारा लगाउदै स्थानीयले प्रदर्शनसंगै मुख्यमन्त्रीको कार्यक्रम अवरुद्ध गरेका हुन् ।

    भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।

    बिहिवार, भाद्र १८ २०७७०५:१०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार