काठमाडौं। काठमाडौं उपत्यकामा ४ सय ४५ सहित थप १ हजार २सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।