शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बाख्रा चराउन गएकी किशोरी बलात्कृत

बाख्रा चराउन गएकी किशोरी बलात्कृत

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 1.5K
    SHARES

  • बाख्रा चराउन गएकी किशोरी बलात्कृत

    जनकपुर । धनुषाको घरबाट बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजे घरबाट नजिकैको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेका थिए ।

    प्रहरी निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेका हुन् ।

    पीडित पक्षले घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न आरोपमा ३ जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

     

    बिहिवार, भाद्र १८ २०७७०२:०५:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार