काठमाडौं – बुधबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको गृह मन्त्रालयलका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।
‘हामीले जनजीवनलाई पनि क्रमिकरूपमा सहज बनाउँदै निषेध आदेश थप्न सुझाएका हौँ, उहाँहरूको अधिकार क्षेत्र भएकाले के-के खुकुलो वा सहज बनाउने वा नबनाउने भन्ने उहाँहरूले नै गर्नुहुन्छ विस्तृत विवरण प्रजिअहरूबाटै आउँछ,’ लामिछानेले भने ।
जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो ।
भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।