काठमाडाैँ,
नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने जनाइएको छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर,सजिलो अनलिमिटेड प्रिपेड प्याक,सस्तो प्रिपेड प्याक,अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरू सञ्चालनमा ल्याइएको छ ।
सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरू र अफरमा विभिन्न आकर्षक सुविधाहरु उपलब्ध छन् ।
अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्र १४१५ ह्याजकी डायल गर्नुपर्ने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।