काठमाडौं : काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मंगलबार उपत्यकामा ४८१ जनामा कोरोना संक्रमित थपिएका थिए। गौतमका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।