काठमाडौं, बुढानीलकण्ठ नगरपालिका वडा नं १२ का स्थानीय व्याक्तित्व एबम् समाजसेवी प्रथम क्याम्पस प्रमुख विन्दु भण्डारीले बु न पा वडा नं १० स्थित कपन बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरेकि छन् ।
विन्दु भण्डारी प्रथम क्याम्पस प्रमुखको नाममा अक्षयकोष स्थापना गर्ने भन्दै उनले एक लाख एक हजार (रु। १,०१०००) रुपैँया हस्तान्तरण गरेका छन् ।
लामो समय देखि बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा राजनीतिक एबम् सामाजिक रुपमा सक्रिय रहेका उनि सरल स्वभाव अनि मिठो बोलि बचनका धनी भण्डारी स्थानीय समुदायमा लोकप्रिय छिन् । समाजमा रहेका दिन दुखि र पिडितहरुको सहयोगका लागि आफु सधै तत्पर रहेको उनि बताउँछिन् ।
क्याम्पसमा आर्थिक रुपमा कमजोर एबम बेसाहारा भाइबैनीहरु पढ्ने भएकाले उनीहरुको अध्ययनका लागि थोरै भएपनि सहयोग पुगोस भनेर आफुले अक्षयकोष स्थापना गरेको उनि बताउँछिन् । उक्त रकमको व्याजबाट प्राप्त रकम मार्फत छात्रवृति प्रदान गरिने क्याम्पसका प्रमुख भुमिदत्त पौडेलले जानकारी दिए । क्याम्पसका प्रथम क्याम्पस प्रमुख भण्डारीलाई छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएकोमा क्याम्पस परिवारले धन्यवाद समेत दिएका छन् ।