काठमाडाैँ,
नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको छ । यसमा योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक १७ गतेसम्ममा आवेदन दिन सक्ने जनाइएको छ ।
दोब्बर दस्तुर तिरेर भने थप एक साता आवेदन दिन सकिनेछन् । आवेदन अनलाइनमार्फत पनि दिन सकिने बोर्डले जनाएको छ ।
परीक्षा मिति पछि सार्वजनिक गरिने सूचनामा उल्लेख गरिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।