शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

दसैँमा नयाँ नोट नसाटिनेः राष्ट्र बैङ्क

दसैँमा नयाँ नोट नसाटिनेः राष्ट्र बैङ्क

मेगा खबर संवाददाता

१६, भाद्र २०७७
  • 2.0K
    SHARES

  • दसैँमा नयाँ नोट नसाटिनेः राष्ट्र बैङ्क

    काठमाडौं । यस पटक दसैँमा नयाँ नोट वित्तरण गर्ने ÷नगर्नेमा राष्ट्र बैङ्क नै अन्योलमा परेको छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका  रेवती नेपालले नयाँ नोट साट्ने नसाट्नेमै अन्यौल रहेको बताएका छन् । उनले भने, ‘परिस्थिती यस्तै हो भने साटिदैन, सहज भयो भने साट्छौ । ’

    उनका अनुसार बैङ्कले नयाँ नोट तयारी अवस्थमा भने राखेको छ । कोरोना महामारीका कारण अहिले देश निषेधाज्ञामा छ । जोखिम लम्बिदै गए निषेधाज्ञा लम्बिदै जाने पक्का छ । कोरोनाको जोखिमसँगै नोट साटिने सम्भावना पनि कम छ ।

    नेपाल राष्ट्र बैङ्कले हरेक वर्ष दसैँमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट साट्दै  आएको छ । दसैँबाहेक पनि विभिन्न चाँड लक्षित नयाँ नोट साट्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

    यसपटक कात्तिक १ गते घटस्थापना र १० गते टिका रहेको छ ।

     

    मंगलवार, भाद्र १६ २०७७१२:००:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार