शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

इन्द्रजात्रा जस्ता चाडपर्वले  एकताको सूत्रमा बाँधेको छः प्रधानमन्त्री ओली

इन्द्रजात्रा जस्ता चाडपर्वले  एकताको सूत्रमा बाँधेको छः प्रधानमन्त्री ओली

मेगा खबर संवाददाता

१६, भाद्र २०७७
  • 1.6K
    SHARES

  • इन्द्रजात्रा जस्ता चाडपर्वले  एकताको सूत्रमा बाँधेको छः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले  एकताको सूत्रमा बाँधेको बताएका छन् ।

    इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताएका छन् ।
     
    सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन्, “ नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ । ” 
    सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उनले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको जनाएका छन् ।

    सन्देशमा उनले कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई  आह्वान गर्दै   महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् । 

    मंगलवार, भाद्र १६ २०७७११:२७:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार