बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

७२ डिएसपी सरुवा, सिन्धुपाल्चोकमा प्रकाश सापकोटा (सूचिसहित)

७२ डिएसपी सरुवा, सिन्धुपाल्चोकमा प्रकाश सापकोटा (सूचिसहित)

शान्ता आचार्य

१६, भाद्र २०७७
  • 2.1K
    SHARES

  • ७२ डिएसपी सरुवा,  सिन्धुपाल्चोकमा प्रकाश सापकोटा (सूचिसहित)

    प्रहरी प्रधान कार्यालयले  डिएसपीको सरुवा गरेको छ ।

     ७२ जना डिएसपीको सरुवामा १३ जिल्लाका कार्यालय प्रमुख फेरिएका छन् ।

    फेरिएका अनुसार सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेश सुवेदी, प्युठानमा सुनील मल्ल, बझाङमा रूपक खड्कालाई पठाइएको छ । त्यस्तै उपत्यकाका तीन वृत्तका प्रमुख पनि फेरिएका छन् ।

    त्यस्तै बाजुरामा मदनसिंह महरा, डडेल्धुराम महेन्द्र नेपाल, जुम्लामा माधव काफ्ले, अछाममा योगेन्द्रसिंह थापा तथा डोल्पामा राजु पाण्डेको सरुवा भएको छ । दरबारमार्ग वृत्तमा खटाइएका रामेश्वर पौडेलको त्यहीँ सरुवा भएको छ ।

    कालिमाटी वृत्तमा अपिल बोहरा, जगाती वृत्तमा राजेश थापाको सरुवा भएको छ ।इलाका प्रहरी कार्यालय, इटहरीमा अर्जुन केसीको सरुवा भएको छ ।सिन्धुपाल्चोकमा प्रकाश सापकोटा पठाइएको छ ।No description available.No description available.No description available.No description available.No description available.No description available.

    मंगलवार, भाद्र १६ २०७७११:१२:१२
    सम्बन्धित समाचार