काठमाडौं । बाढी, पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोकका विस्थापितलाई राहत वितरण गरिएको छ । पहिरोको उच्च जोखिममा रहेर स्थानान्तरण गरिएका बलेफी १ खड्कागाउँका ३७ घरपरिवारलाई राहत वितरण गरिएको हो । सत्तारुरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री अमृतकुमार बोहोरा, सांसद सरेश नेपाल, गाउँपालिका अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ, वडा नं १ का अध्यक्ष मधु बहादुर थापा लगायतको उपस्थितिमा सोमबार रातह वितरण भएको हो ।
गाउँपालिका उपाध्यक्ष कमला कायस्थका अनुसार प्रतिपरिवार २५ केजी चामल, दुई किलो दाल, २ लिटर तेल, २ केजी चीनी, साबुल लगायत अत्यावशकिय खाद्यान्न सामाग्री वितरण गरिएको हो । देवयानी ईन्टरनेशनल नेपालको सहयोगमा प्राप्त भएको राहत सामाग्री वितरण भएको उनले मेगाखबरलाई बताइन् ।

विस्थापित परिवारलाई राहत वितरण गर्दै पूर्वमन्त्री बोहोराले प्राकृतिक प्रकोपबाट दीर्घकालिन समाधानका लागि ध्यान दिनपर्ने बताए । साथै, जनताको जीउ धनको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण पनि गराए । विस्थापितलाई राहत वितरण गर्दै बागमती प्रदेशका सांसद सरेश नेपालले बाढी पहिरो जस्ता प्रकोपबाट सिन्धुपाल्चोकले बर्षेनी ठूलो मानविय क्षती व्यहोर्नुपरेको स्मरण गर्दै असुरक्षित स्थानका बसाइँ परिवर्तन र जनचेतना उठाउनुपर्नेमा जोड दिए ।
पहिरोबाट बस्ती जोखिममा परेपछि बलेफी गाउँपालिकाले जग्गा भाडामै लिएर ३७ घर परिवारलाई अस्थायी टहरा, ईन्धन र खाद्यान्न व्यवस्था गरिदिएको छ । जोखिमका जनतालाई पहिलो चरणमा सवै खालका राहत सामाग्री पुर्याइएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताए ।
बस्ती जोखिममा परेको समाचार मेगाखबरले यसअघि पनि प्रकाशित गरिरहेकाे छ ।
हेर्नुस् समाचार लिकंः
बलेफी–१ को ३५ भन्दा बढी घर पहिरोको उच्च जोखिममा
पहिरोको उच्च जोखिममा रहेका बलेफी–१ खडकागाउँका २५ घरधुरी स्थानान्तरण
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।