काठमाडाैँ,
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना,वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना,वरिष्ठ सहायक १९ जना,अटो मिल मेकानिक्स १ जना,मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ ।
कात्तिक ३ गतेसम्ममा अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । दोब्बर दस्तुर बुझाएर भने कात्तिक १० गतेसम्ममा आवेदन दिन सकिने छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।