काठमाडौं। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको रजिष्ट्रारमा रमेश प्रसाई नियुक्त भएका छन् । साथै, प्रतिष्ठानको निर्देशकमा डा. हरी बहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारले सोमबार उनीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले ४ बर्षे कार्यकालका लागि रजिष्ट्रार, निर्देशक, र संयोजक नियुक्त गरेको हो । नवनियुक्त सबै पदाधिकारीहरूलाई मन्त्रालयले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।