बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नयाँ बसपार्क क्षेत्रका होटलहरुमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने

नयाँ बसपार्क क्षेत्रका होटलहरुमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने

मेगा खबर संवाददाता

९, आश्विन २०७९
  • 2.2K
    SHARES

  • नयाँ बसपार्क क्षेत्रका होटलहरुमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने

    काठमाडाैँ,

    नयाँ बसपार्क क्षेत्रका होटलहरुमा अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

    नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताए । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै  अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको बताए ।

    वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्न आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्य रूपमा रेकर्ड राक्नुपर्ने भएको छ ।

    होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायीहरु आवद्ध रहेका छन् ।

    आइतवार, आश्विन ९ २०७९०१:३६:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार