शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

नेकपा संस्थापक नेता चापागाईंको कोरोना संक्रमणबाट निधन

नेकपा संस्थापक नेता चापागाईंको कोरोना संक्रमणबाट निधन

मेगा खबर संवाददाता

१५, भाद्र २०७७
  • 3.0K
    SHARES

  • नेकपा संस्थापक नेता चापागाईंको कोरोना संक्रमणबाट निधन

    भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईंको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

    उनी श्वासप्रश्वास र दमको समस्या भएपछि भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज विहान उनको निधन भएको अस्पतालले जनाएको छ ।

    भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी उनलाई भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् ।

    जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईंको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाईं विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन् ।

     उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवन झरेका थिए । भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।

     

    सोमवार, भाद्र १५ २०७७०३:३६:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार