बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अस्पताल स्थापनाको पाँच दशक पछि आइसियु संचालन 

अस्पताल स्थापनाको पाँच दशक पछि आइसियु संचालन 

मेगा खबर संवाददाता

१५, भाद्र २०७७
  • 2.1K
    SHARES

  • अस्पताल स्थापनाको पाँच दशक पछि आइसियु  संचालन 

    महेन्द्रनगर। कंचनपुरको भिमदत्तनगर स्थित महाकालि उप–प्रादेशिक अस्पतालमा  पाँच दशकपछि महाकालीमा आइसियु सेवा संचालनमा आएको छ । अस्पताल स्थापनाको ५७ बर्षपछि अत्याधुनिक उपचार सघन कक्ष(आईसियू) सेवा संचालन भएको हो । 

    आईसियू सेवा संचालनका लागि अहिले महाकाली अस्पतालमा ६ बेड सहितको भेन्टिलेटर जडान गरिएका छन । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठले हाल ६ बेडको आईसियू सेवा संचालनमा आएको बताउदै १० बेड पु¥याईने बताए । उनले दुई वटा भेन्टिलेटरसमेत सञ्चालनमा रहेको बताए । ‘यसअघि गम्भीर खालका बिरामीलाई यहाँबाट रिफर गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘सघन उपचार सुरु हुँदा बिरामीलाई पनि धेरै सहज भयो ।’ उनले तीन वटा भेन्टिलेटर रहेपनि एउटा पुरानो भएर मर्मतकार्य भइरहेको जानकारी दिए । ‘चालु आर्थिक बर्षमै दुई करोड बजेट आएको छ, ‘उनले भने, ‘अब थप चार भेन्टिलेटर जडान गछौँ ।’

    एक महिनाको अवघिमा ४३ जनाको आईसियूमा उपचार पछि निको भएर घर फर्किएका छन् । अहिले चार जनाको आईसियूमा राखेर उपचार भईरहेको छ । कोडिभ १९ का कारण सेवामा चुनौती थपिएको बताउदै उनले अस्पतालसंग भएको मौजुदा जनशक्तिबाट काम भईरहेको बताए ।

    आईसियू सेवा, थाइराइड मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य निरुदेवी पालले अस्पताल सुधारका लागि पहल थालिने बताईन् । बजेटका लागि भन्दा पनि ग्राउण्ड स्तरमा नागरिकलाई स्वास्थ्य सेवा दिन उनले आग्रह गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगको प्रतिबद्धता जाहेर गरिन् । कञ्चनपुरका जनप्रतिनिधी, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधीले अस्पताल सुधार अपरिहार्य भएको बताएका छन् । 

    भौतिक संरचनाले सुविधा सम्पन्न भएपनि यसअघि यहाँ स्वास्थ्य उपकरण र चिकित्सक थिएनन् । पछिल्लो समय महाकाली अस्पतालले आफ्नो सेवालाई बढाउँदै लगेको छ ।
    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सुदूरपश्चिम प्रदेशबाट आइसियु सञ्चालनका लागि रु एक करोड सहयोग भएको बताए ।
    ‘अक्सिजन प्लान्टका लागि छुट्टै ८० लाख रकम आएपनि लकडाउनका कारण बाहिरबाट मगाउन नसक्दा हाल त्यो रोकिएको छ’, उनले भने, ‘अहिले अक्सिजन प्लान्टका नभएपछि हाल अक्सिजनका दश वटा सिलिण्डरमार्फत अस्थायीरुपमा आइसियु सञ्चालन गरिरहेका छौँ ।’ २८ जना चिकित्सकको दरबन्दी रहेको अस्पातालमा अझै पदपुर्ति हुन भने सकेको छैन  ।

     

    सोमवार, भाद्र १५ २०७७११:०६:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार