बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजदेखि एमडीएमएस कार्यान्वयनमा

आजदेखि एमडीएमएस कार्यान्वयनमा

मेगा खबर संवाददाता

३०, भाद्र २०७९
  • 2.2K
    SHARES

  • आजदेखि एमडीएमएस कार्यान्वयनमा

    काठमाडाैँ,

    नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्ने भएको छ ।

    विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित आजदेखि एमडीएमएस कार्यान्वयन गर्न लागिएको छ । 

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

    आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतः एमडीएमएसमा दर्ता हुने प्राधिकरणले जनाएको छ । यो सिस्टम लागु भएपछि अवैध मोवाई चल्दैनन् । मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । 

    बिहिवार, भाद्र ३० २०७९११:०६:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार