काठमाडाैँ,
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ ।
आयोगले काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
सरकारले आयोगमार्फत देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताउँदै आएको छ । कतिपय स्थानीय तहमा लालपुर्जा समेत वितरण गरिसकिएको छ भने कतिपयमा प्रक्रिया जारी रहेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।