काठमाडौं । नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४८ महिलाा र ८७३ पुरुष गरि थप १२२१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आइतबार उपत्यकामा थप ४२९ जनामा कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १७,५१८ जना रहेका छन् ।
गत २४ घण्टामा २६७ जना डिष्चार्ज भएका छन् भने हालसम्म २०,८२२ जना निको भएर डिष्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ७७९७ जना रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।