शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कुनैपनि एटीएमबाट पैसा निकाल्दा अब शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

कुनैपनि एटीएमबाट पैसा निकाल्दा अब शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 1.4K
    SHARES

  • कुनैपनि एटीएमबाट पैसा निकाल्दा अब शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

    काठमाडौं ।  शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले  एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क स्थायी रुपमै एकीकृत परिपत्र जारी गरि हटाएको हो । 

    राष्ट्र बैंकको यो निर्देशनसँगै अब नेपाल भित्रका कुनै पनि बैंकको  एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क लाग्ने छैन् । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत निर्देशनमा प्रष्ट पारेको छ । 

    साथै अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख गर्नुपर्ने बताइएको छ ।

    त्यस्तै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सीमा समेत केही हेरफेर गरेको छ । जस अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यसअघि यस्तो सीमा थिएन । प्रतिकारोबार २५ हजार र प्रतिदिन १ लाखसम्मको यसअघिको सीमालाई भने यथावत राखिएको छ ।

    बैंकबाहेक अन्य भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन ।
     
    तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो ।अहिलेलाई एटीएम सेवालाई निशुल्क गरिएमा अब डिजिटल भुक्तानीलाई समेत निशुल्क बनाउने राष्ट्र बैंक योजना रहेको छ ।
     

     

    आइतवार, भाद्र १४ २०७७०३:५०:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार