शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

लिदी पहिरो प्रभावितलाई सहयोग गर्न जुगल गाउँपालिका अध्यक्षको अपिल

लिदी पहिरो प्रभावितलाई सहयोग गर्न जुगल गाउँपालिका अध्यक्षको अपिल

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 2.0K
    SHARES

  • लिदी पहिरो प्रभावितलाई सहयोग गर्न जुगल गाउँपालिका अध्यक्षको अपिल

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का लिदी पहिरो प्रभावितहरुलाई सहयोग गर्न जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले १५६ परिवारमा रहेका वालवालिकको दैनिकी तथा मनोसामाजिक सुस्वास्थ्यका लागि आवश्यक सहयोग रहेको उल्लेख गरेका छन् । 

    पहिरोबाट बिस्थापित भएर जुगल–१ स्थित बाँसखर्कमा स्थानान्तरण भएका पीडितहरुको सहयोगका लागि उनले विभिन्न संघसंस्था तथा इच्छुक व्यक्तिहरुमा अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘लिदी पहिरोबाट प्रभावित परिवारहरुलाई अस्थायी वासस्थानको व्यवस्थापन सहित बाँसखर्कमा स्थानान्तरण गरिए संगै १५६ परिवारमा रहेका वालवालिकको दैनिकी तथा मनोसामाजिक सुस्वास्थ्यका लागि आवश्यक सहयोगको जरुरी छ । आफनाा आफन्तहरु गुमाएको, ठुलो विपत्ती आँखै अगाडी देखेका अनि थाँतथलो छोड्नु पर्दाको पीडाबाट विस्तारै स्वाभाविक दैनिकीमा फर्काउनका लागि योजनाबद्ध सहयोग प्रणालीमा कार्य गर्नु पर्ने भएकोले यससंग सम्बन्धित संघसंस्था र इच्छुक व्यक्तिहरू समक्ष सहयोगका लागि अपिल गर्दछौं । आफन्त साथीभाइ समुदाय भन्दा टाढा लगेर भन्दा उनिहरुको वरीपरी रहने गरि राख्दा अझ प्रभावकारी हुने देखिएकोले बाँसखर्कमै बालमैत्री केन्द्र स्थापना गर्न गइरहेका छौं ।’

    साथै, अहिले अक्सफाम÷जनहितको सहयोगमा प्राप्त भएको हेभि ड्यटि टेन्ट (ज्भबखथ म्गतथ त्भलत) मा बालमैत्री केन्द्र शुरुवात गर्न लागिएको पनि उनले जानकारी दिएका छन् । उनले अघि भनेका छन्, ‘यती मात्र स्पेसले करिव  डेढ सयको हाराहारीमा रहेका वालवालिकाका लागि पर्याप्त नहुने भएकोले थप टेन्ट, सामाग्री र जनशक्ती आवश्यक छ । तत्काल थप टेन्ट, खेल सामाग्री, अध्ययन सामाग्री, मनोविमर्शकर्ता, सहयोगी कार्यकर्ता लगाएतका सामाग्री तथा जनशक्ति आवश्यक भएकोले संरक्षण क्षेत्रमा कार्यरत संघसंस्था तथा सहयोगदाताहरुमा सहयोग यस तर्फ केन्द्रीत गर्न अनुरोध गर्दछौं ।’

    घटनामा १३ घर पूर्ण क्षति भएका थिए भने ३७ मा आंशिक क्षति भएको थियो । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए । पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन् ।

    आइतवार, भाद्र १४ २०७७१०:४०:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार