स्याङजा। स्याङ्जामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन । चापाकोट अस्पतालको एम्बुलेन्स आइतबार बिहान करिव ४ बजे वालिङ २ माझकोटमा दुर्घटना भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
काठमाडौंबाट बिरामी बोकेर फर्किएकोे एम्बुलेन्स सडकबाट करिव २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना परि घाईते भएका ४ जना मध्ये २ जनाको उपचारको क्रममा ज्यान गएको हो भने २ जना घाइते भएका छन् ।
काठमाडाै देखि बिरामी छाडेर फकिर्ने क्रममा एम्बुलेन्समा संगै आएका चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ । चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पबित्रा पोखरेल भने घाईते भएका छन् ।
उनीहरुलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडीकल कलेज पोखरा पठाइएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनाको कारण बारे भने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।