शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

उपप्रधानसहित अन्य तीन मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

उपप्रधानसहित अन्य तीन मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 1.4K
    SHARES

  • उपप्रधानसहित अन्य तीन मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित तीनजा मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा शुक्रबार कोरोना भाइरस संक्रमण भेटिएको थियो । संक्रमण भेटिएपछि बैठकमा सहभागीहरुको स्वाब संकलन भएको थियो । 

    उपप्रधानमन्त्री पोखरेल, गृह मन्त्री रामबहादुर थापा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको कोभिड रिपोर्ट नेगेटिभ आएको स्रोतले मेगाखबरलाई जानकारी दियो । 

    सीसीएमसीका एक उच्च पदाधिकारीका अनुसार तीनै मन्त्री र प्रधानसेनापति थापाको कोभिड–१९ रिर्पोट नेगेटिभ आएको हो ।

    गृहमन्त्री थापा र रक्षामन्त्री पोखरेल उपस्थित नहुने भएपछि नेकपाको आज बस्ने भनिएको सचिवालय बैठकसमेत स्थगित भएको थियो । 

    शनिवार, भाद्र १३ २०७७०८:४४:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार