शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

पत्रकारको सुरक्षाको माग

पत्रकारको सुरक्षाको माग

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 1.3K
    SHARES

  • पत्रकारको सुरक्षाको माग

    काठमाडौं । नेपाल पत्रकार महासङ्घ माउण्टेन टेलिभिजन प्रतिष्ठान शाखा ललितपुरले माउण्टेन टेलिभिजनका समाचारदाता दिवाकर शाहले समाचार लेखेकै कारण उनीमाथि ज्यान मार्ने धम्की आएको भन्दै खेद प्रकट गरेको छ ।
     
    प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गरी माउण्टेन टेलिभिजनका सप्तरी समाचारदाता शाहलाई समाचार प्रसारण गरेकै विषयमा ज्यान मार्ने धम्की दिँदै परिवारमाथि साङ्घातिक हमलाको प्रयासविरुद्ध खेद प्रकट गरेको हो ।

    “संवाददाता शाहमाथि धम्की दिने समूह पहिचान गरी कडा कारवाहीको माग गर्दछौँ, साथै शाहको भौतिक सुरक्षासँगै निर्वाधरूपमा समाचार सम्प्रेषणको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौँ”, प्रतिष्ठानले विज्ञप्तिमा उल्लेख गरेको छ । 

    शनिवार, भाद्र १३ २०७७०७:४४:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार