काठमाडौं,
काठमाडौंको सुन्दरीजलस्थित खोलामा डुबेर बेपत्ता भएका सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका तौथली ५ घर भई बुढानिलकण्ठ नगरपालिका १२ कपन राधाकृष्ण मन्दिर नजिकै बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएको २४ घन्टामा मृत्यु फेला परेका थिए ।
मृतक शुभमश्री प्रधानका बुबा दयाश्री प्रधान यति बेला सोकमा डुबेका छन् । उनले गोकर्नेश्वर नगरपालिका वडा नं १ मा भएको घटना सम्बन्धमा तत्काल सोहि वडाका अध्यक्ष द्वारिका श्रेष्ठसँग भेटेर घटना भएको स्थानमा छोराको सालिक बनाउने निर्णय गरेका हुन् । छोराको मृत्युको पिडालाई कम गराउन पशुपति विकास क्षेत्र भित्र छोराको सम्झनामा विभिन्न किसिमका रुखका विरुवाहरु लगेर बृक्ष्यारोपण समेत गरेका छन् । छोराको सम्झनामा पटक -पटक मुर्छा पर्छन्, दया श्री प्रधान ! छोराको दुर्घटना नभएर धार्मिक हत्या भएको आरोप छ ।


अझै दया श्रीको मन भने शान्त छैन, आफ्नो जस्तो पिडा अरु कसैले भोग्न नपरोस् भनि घटना स्थललाई सावधान क्षेत्र घोषणा हुन पर्ने उनि बताउँछन् । बोक्सीदह नामले चिनिने उक्त स्थलमा वर्षमा करिव ११\१२ जनाको ज्यान जाने गरेको स्थानीय बताउँछन् ।स्थानीय सरकार, गोकर्णेश्वर नगरपालिका, शिवपुरी राष्ट्रिय निकुञ्ज, बागमती प्रदेश सुन्दरिजल जलासय परियोजना, राज्य-सरकार, केन्द्रिय-सरकार,मानव अधिकार बादि लगायत सम्पुर्णको ध्यानाकर्षण गराएका छन् ।
सुन्दरीजलस्थित पिँडालु बारी, बोक्सीदह भन्ने दैनिक प्रकृति धार्मिक देवस्थलमा हुदैँ आएको हरेक पटकको धार्मिक हत्याको उचस्तरिय छानविनको माग राखेका छन् ।

१) नेपालका धार्मिक अभियन्ता समिलित धार्मिक सभा सम्मेलन ।
२) साझा सवाल, सार्वजनिक सुनुवाइ, बोक्सिदहमा भैरहेको हत्या सम्बन्धि राज्यको विशेष मिडियाको उपस्तिथिमा बौद्धिक वर्ग स्थानीय जनता माझ घटनाको बारे सत्य तत्य जानकारी निष्पक्ष रुपमा गराउने र सो कार्यक्रम प्रत्येक्ष प्रसारण गराउनुपर्ने ।
३) राज्यको मानव अधिकार, नागरिक समाज, सिआइभी लगायत अन्य हरेक निकायलाई निष्पक्ष छानबिन गर्ने गराउने ।
४) पिँडालु बारी बोक्सिदह भन्ने नाम परिवर्तन गराई स्वर्गीय शुभम श्री प्रधानको नामाकरण गर्ने गराउने ।
५) धार्मिक पर्यटकिय हिसाबले राज्यले ध्यान दिई विकास गर्ने गराउने ।
६) आजसम्म बोक्सि दहमा हुदैँ गरेको सम्पुर्ण बालबालिकाहरुको हत्या, स्मरण र सम्झनाका साथै शुभमश्री प्रधानको सालिक सहित स्मारक स्थल बनाउने हत्या भएको बालबालिकाको परिवारलाई उचित क्षतिपुर्ती सहित नामाकरण गर्ने गराउने ।
७) घुम्न आउने स्वदेशी विदेशी पर्यटनको लागि आउने धार्मिक तिर्थालु मानिसको लगायत अन्य बालबालिकाको १००% ग्यारेन्टी नहुनुजेलसम्म नागरीकलाई रोक लगाउने वा निषेध गर्न लगाउने । स्थानीय बाहेक सबैलाई पुर्ण बन्देज गर्ने ।
८) स्थानीय सरकार,राज्य सरकार,केन्द्रिय सरकारको पुरै ध्यानाकर्षण गराउने ।
९) खबरदारीको हकमा सबैप्रकारको सूचना,पम्पप्लेट,भितेलेखन,होडिङ्गबोट आदि राख्ने राख्नु लगाउने ।
१०) हाम्रो सन्तान जस्तो अरुकोही कसैको अकाल मै त्यो स्थानमा हत्या नहोस् ।
राज्यले माग सुनुवाई गरेन भने सम्पुर्ण पीडित परिवार आमरण अनशन बस्न्न बाध्य हुने बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।