शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

हिरासतमा युवकको मृत्यु : न्याय माग्दै लगातार दोस्रो दिन प्रदर्शन, डिएसपीलाई गिरफ्तार गर्न माग

हिरासतमा युवकको मृत्यु : न्याय माग्दै लगातार दोस्रो दिन प्रदर्शन, डिएसपीलाई गिरफ्तार गर्न माग

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 2.4K
    SHARES

  • हिरासतमा युवकको मृत्यु : न्याय माग्दै लगातार दोस्रो दिन प्रदर्शन, डिएसपीलाई गिरफ्तार गर्न माग

    गौर। रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले शुरु गरेको आन्दोलनले थप विशाल रुप लिएको छ ।

    प्रहरीको ज्यादती बढेको भन्दै बिहीबार हजारौंको संख्यामा सडकमा उत्रिएका स्थानीयले शुक्रबार पनि ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन । इलाका प्रहरी कार्यालय गरुडाको तत्कालीन नायब प्रहरी उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतो सहित दोषी प्रहरीलाई गिरफ्तार गर्न र रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई निलम्बन गरी कारवाही अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।

    हत्या गरिएको निरन्जन राम र हिरासतमा मारिएका विजय रामलाई शहिद घोषणा गरी मृतक परिवारलाई क्षतिपूर्ति एवं निरन्जन रामको हत्याका वास्तविक हत्यारालाई कडा कार्यवाहीको प्रदर्शनकारीको माग छ ।
    आर्थिक चलखेल गरेर प्रहरीले निर्दोष रहेका विजय रामलाई पक्राउ गरेर हिरासतमा यातना दिएर मारेको भन्दै डिएसपीलाई गिरफ्तार नगरे आन्दोलन थप चर्काउने उनीहरूले चेतावनी दिएका छन् ।
    गत श्रावण ३२ गते गरुडा नगरपालिका(८, जिंगडियाको निरन्जन रामको हत्या गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    जसमध्ये एक विजय रामलाई पक्राउ गरेकै दिनदेखि निरन्तर यातना दिदाँ अस्वस्थ भएपछि बीरगंजस्थित नेशनल मेडिकल कलेज उपचारको लागि पठाइएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोटपटक लागेकोले मृत्यु भएको थियो ।

    शनिवार, भाद्र १३ २०७७०५:११:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार