बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको  संख्या २०७ पुग्यो 

कोरोना संक्रमणबाट थप १२ को मृत्यु 

कोरोना संक्रमणबाट थप १२ को मृत्यु 

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 1.8K
    SHARES

  • कोरोना संक्रमणबाट थप १२ को मृत्यु 

    काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण भएर थप १२ जनाको मृत्यु भएको छ । । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो।

    केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। शुक्रबार १२ जनाको मृत्यु भएको थियो।

     बिहीबार ८ जना, बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो। त्यसैगरी मंगलबार ७ जना, सोमबार ८ जना र आइतबार ३ जना संक्रमितको मृत्यु भएको थियो।

    नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

    १७५ जना कोरोना संक्रमित आईसीयूमा, २२ जना भेन्टिलेटरमा देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्।

    त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५ जना संक्रमित छन्। हिजो शुक्रबार २२ जना संक्रमित भेन्टिलेटरमा र १६४ जना आईसीयूमा थिए।

    शनिवार, भाद्र १३ २०७७०४:५०:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार