काठमाडाै,
साढे ४ बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ ।
पालो कुरेर यसअघि बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार २ सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ रहेको छ । ललितपुरको एकान्तकुना, काठमाण्डौको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौँडा कार्यालयमा दिउँसो साढे चार बजेदेखि लागू हुने गरी आवेदन सङ्ख्या बढाएको छ । सेवाग्राहीले अनलाइन मार्फत आवेदन दिन समेत सक्नेछन् ।
अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि आवेदन दिन सकिन्छ । वाग्मती प्रदेश मातहतको यातयात सम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।