काठमाडाै, खोटाङ दिक्तेलबाट काठमाडौं तर्फ जाँदै गरेको सुमोलाई बोलेरोले आइतबार ठक्कर दिँदा १० घाईते भएका छन् ।
हिजो दिक्तेलबाट काठमाडौं जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बोलेरोको ठक्करबाट सुमो चालक फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको सिन्धुलीले जनाएको छ ।
ललितपुरका निरमायाँ मगर, भक्तबहादुर मगर र सिन्धुली तिनपाटन गाउँपालिका–९ का रञ्जना खुलाल घाइते भएका छन् । बोलेरो चालक धादिङको थाक्रे गाउँपालिका–३ का किरण मिजार पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको धुलीखेल, बनेपा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।