काठमाडौं । नेपालमा थप ९२७ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ९२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना देखिएको छ, जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित भेटिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३६४५६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १६,०१९ जना रहेका छन् ।
गत २४ घण्टामा १६९ जना डिष्चार्ज भएका छन् । हालसम्म २०२४२ जना डिष्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।