शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

मेगा खबर संवाददाता

१२, भाद्र २०७७
  • 1.3K
    SHARES

  • लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

    काठमाडौं। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका¬–२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो ।

    ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका–¬१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन्  । वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।
    गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् । 

    राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै  जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे । देशमा महामारीको रुपमा फैलिरहेको कोरोना भइरसको त्रासको बाबजुद पनि पीडितहरुको शिविर स्थलसम्म आएर सौर्य ऊर्जा वितरण गरेकामा केन्द्रलाई धन्यवाद दिए ।

    कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले देशमा आइपर्ने यस्ता विपत्तीको घडीमा केन्द्रले निरन्तर सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै ग्रामीण दुरदराजमा आइपर्ने यस्ता विपत्तीमा सबैले एकजुट भएर सामना गर्नुपर्ने बताए । उहाँले अढाइ दशकदेखि देशका ग्रामीण भेगमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरु सौर्य ऊर्जा, लघु जलविद्युत्, वायोग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, वायु ऊर्जा जस्ता प्रविधिहरु प्रवद्र्धनमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।

    जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले पहिरोबाट पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनाको लागि गाउँपालिका अहोरात्र खटिरहेको बताउँदै विपदको सामना गर्न केन्द्रले सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएकामा केन्द्रलाई धन्यवाद दिनुभयो । कार्यक्रममा जिल्ला विपद व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिहरु, राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरण, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्रीहरु वितरण गरिएको थियो ।

    शुक्रवार, भाद्र १२ २०७७०३:५२:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार