काठमाटडाै, सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ ।
आज सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि आवेदन आह्वान गरेको छ ।
निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने सूचनामा समेत उल्लेख गरिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।