शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

चट्याङबाट एकको मृत्यु, तीन घाइते

चट्याङबाट एकको मृत्यु, तीन घाइते

मेगा खबर संवाददाता

११, भाद्र २०७७
  • 1.0K
    SHARES

  • चट्याङबाट  एकको मृत्यु, तीन घाइते

    महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ ।

    मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।उनले भने,“चट्याङबाट अन्य तीन जना घाइते भएका छन ।”

    घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७  वर्षीय पशुपति सार्की  रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको  छ ।
     
    त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापूमा फसेकी कृष्णपुर नगरपालिका–२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ ।

    “घाँस काट्न गएका बेला नदीमा पानीको बहाव बढेपछि मनुदेवी नदीको टापूमा फसेको खबरपछि जिल्लाबाट विपद् व्यवस्थापनको टोली गएर उद्धार गरेको हो ।” प्रवक्ता थापाले भने–“उनको मध्यराति सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएका हौं ।”

    बिहिवार, भाद्र ११ २०७७१२:३४:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार