काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले लिदी र जम्बु पहिरोमा अभिभावक गुमाएका ८ जना बालिकाको शिक्षा जिम्मा आफूले लिएका छन् । लिदी पहिरोमा अभिभावक गुमाएका ७ जना र जम्बु पहिरोमा अभिभावक गुमाएकी अर्की १ बालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएका हुन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेता समेत रहेका बस्नेतले बुधबार एक प्रेस विज्ञप्तिमार्फत सो घोषणा गरेका हुन् । लिदी पहिरोमा अभिभावक गुमाएर टुहुरो हुने स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, कान्छि दोङ र एक नाम नखुलेकी बालिका र जम्बु पहिरोमा ५ जना परिवारका सदस्य गुमाएर एक्लै बाचेकी छिरिङ गोलेसहित ८ जनालाई १२ कक्षासम्म काठमाडौं उपत्यका भित्र रहेका स्कुलको होस्टलमा राखेर पढाउने घोषणा उनले गरेका हुन् ।
पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई सम्पर्कमा आउन र ल्याउन सम्बन्धित व्यक्ति र उनीहरुका आफन्तलाई नेता बस्नेतले आग्रह गरेको कांग्रेस युवा नेता युधिर पौडेलले मेगाखबरलाई बताए ।
बस्नेत यसअघि पनि बाढी गएसँगै पीडितको उद्दारका निम्ति आफैं हेलिकोप्टरसहित घटनास्थल पुगेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।