शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

सिन्धुलीमा निर्माणाधिन आइसोलन भवनको मन्त्री दुलालद्वारा निरीक्षण

सिन्धुलीमा निर्माणाधिन आइसोलन भवनको मन्त्री दुलालद्वारा निरीक्षण

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 1.3K
    SHARES

  • सिन्धुलीमा निर्माणाधिन आइसोलन भवनको मन्त्री दुलालद्वारा निरीक्षण

    काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’  ले सिन्धुलीमा निर्माणाधिन आइसोलेसन भवनको निरीक्षण गरेका छन् । प्रदेश सरकारको सहयोगमा बन्न लागेको ५० बेडको बुधबार मन्त्री दुलालसहितको टोलीले निरीक्षण गरेको हो । 

    विश्वमा महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि बागमती प्रदेशले सिन्धुलिसहितका अन्य जिल्लामा जम्मा ६५० शैयाको आइसोलेसन निर्माणको प्रक्रिया अघि बढाएको हो । सरोकारवालहरुका अनुसार भवन १५ दिनमा सम्पन्न गरि संचालनमा ल्याउने गरी काम भइरहेको छ ।

    यो सँगै सिन्धुलीमा १ सय बेडको आइसोलेसन हुनेछ ।

    साथै, सिन्धुलीमा चाँडै कोभिड प्रयोगशाला स्थापना र संचालनको विषयमा पनि छलफल भएको छ । मन्त्रालयका अनुसार बुधबार नै मन्त्री दुलालको नेतृत्वमा सिन्धुलीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, प्रजिअ, अस्पतालका चिकित्सकहरुको उपस्थितिमा अनौपचारिक छलफल भएको थियो । 

    छलफलका क्रमम मन्त्री दुलालले कोभिड संक्रमित आयुर्वेद केन्द्रका कर्मचारीसँग भेटघाट गरि शिघ्र संक्रमणमुक्त हुने शुभेच्छा ब्यक्त गरे । सिन्धुली अस्पताल, कोभिड उपचार केन्द्र र प्रदेश सरकारद्वारा निर्माण हुँदै गरेको सिन्धुली रङ्गशालाको निरीक्षण समेत मन्त्री दुलालले गरेका छन् । 

    118534093_606225513395208_8583773533989001256_o.jpg

    बुधवार, भाद्र १० २०७७०६:५६:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार