शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :
सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोप:

भुगर्भविदकाे टोलीसहित सिन्धुपाल्चोकका बाढी पीडितको आँगनमा सभामुख सापकोटा

भुगर्भविदकाे टोलीसहित सिन्धुपाल्चोकका बाढी पीडितको आँगनमा सभामुख सापकोटा

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 5.0K
    SHARES

  • भुगर्भविदकाे टोलीसहित सिन्धुपाल्चोकका बाढी पीडितको आँगनमा सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बुधबार बिहान सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई भेट्न पुगे । भुगर्वविद, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी सहित सिन्धुपाल्चोक पुगेका सापकोटाले अहिलेलाई अस्थायी रुपमा खड्किएको समस्याको समाधान हुनेगरी राहत बाडे । 

    यो वर्ष परेका विभिन्न बाढी तथा पहिरोका विपद्मा पनि युवा नेतृत्वको सहभागिता उत्साहित छ । बुधबार राहत सामाग्री सहित जिल्ला पुगेका सभामुख यसअघि पनि घटना घट्नेवित्तिकै आफ्नो निर्वाचन क्षेत्रका सबैको अभिभावक बनेर पुगेका थिए । बुधबार उनले दिर्घकालिन समस्या समाधानको उपायहरुको खोजी गर्नेगरी भुगर्वविद लगायतको टोलीसहित जिल्ला पुगेका हुन् । 

    सापकोटा निर्वाचित भएर आएको १ नंबर क्षेत्र प्रत्येक वर्ष विभिन्न प्राकृतिक प्रकोपबाट थलिँदै आएको छ । यो वर्षपनि सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका र जुगल गाउँपालिकाका विभिन्न क्षेत्रहरु बाढी तथा पहिरोको विपद्मा फसे । युवा नेतृत्वको प्रयास र जोडबलले प्रायजसो आपत–विपद् पर्नेबित्तिकै यहाँका स्थानियले राहत महसुस गर्न पाएका छन् । 

    117968955_10223576053371746_780463449732400289_o.jpgबुधबार सभामुख सहितको टोलीले सुरुमा बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चाका बाढी पीडितलाई राहत हस्तान्तरण गरेका थिए । बाह्रबिसे र भोटेकोशीका लागि बन्देउमा सामग्री हस्तान्तरण भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । 

    त्यसपछि जुगल गाउँपालिकाको लिदी–२ को बासखर्क पुगेर राहत वितरण भएको उनले बताए । लिदिबाट  विस्थापित भएर सोहि पालिका १ मा रहेको बाँसखर्कमा बसेका स्थानियहरुलाई सभामुख सापकोटाले बुधाबार पुनः आफूहरु जनताकै साथमा रहेको अनुभव गराएका छन् । 

    लिदिमा गएको पहिरोमा पनि हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । पहिराले बस्ती नै विस्थापित भएपछि १७२ घरधुरी लिदिबासीलाइ बासखर्क स्थानान्तरण गरिएको छ ।

    118195548_10223576055611802_7263826102297084005_o.jpg

    117813873_10223576054611777_4561193200402927818_o.jpg

    118092273_10223576051771706_893086628919856777_o.jpg

    बुधवार, भाद्र १० २०७७०५:५६:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार