चौतारा । वर्षभरिलाई पुग्नेगरि लगाएको बालीनाली भित्र्याउने बेलामा सखाप हुँदा जो कोहि किसानका लागि असह्य हुन्छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाका स्थानियहरुको मुख्य कुषितर्फ अन्नबाली, लहरे बाली, फलफुल तथा तरकारी खेती पनि पर्छन ।
भित्र्याउने बेला भएको बाली बाँदरले सखाप पारिदिँदा यस गाउँपालिकाका किसानहरु निकै चिन्तित थिए । गाउँपालिकाले अहिले बाँदर धपाउने यन्त्र खरिद गरि कृषकहरुलाई निःशुल्क वितरण गरेपछि केही राहत मिलेको अनुभव गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रबाट ३८ वटा बन्दुक आकारको यन्त्र खरिद १२ वटै वडामा निःशुल्क वितरण गाउँपालिकाले गरेको छ ।
बालीनालीमा क्षति पुर्याई दुःख दिने गरेकोमा गाउँपालिकाले उपलब्ध गराएको उक्त यन्त्रको प्रयोगपछि समस्या निकै हल भएको स्थायिहरुले बताएका छन् । गाउँपालिकाकाले १२ वटै वडामा ३÷३ वटाका दरले र ठूलो वडामा ५ वटाको दरले पशु सेवा शाखामार्फत यन्त्र वितरण गरेको हो ।
बन्दुक आकारको उक्त यन्त्रको टुप्पोतिर हावा नछिर्नेगरि कुनै कागजले बन्द गर्नपर्छ । त्यसपछि २।५ ग्रामको कार्वाइडको टुक्रा हालेर १५ एमएल पानी हालेर कम्तिमा ४० सेकेन्डसम्म हल्लाएर ग्याँस बाल्दा ठूलो आवाज निस्कन्छ । उक्त आवाज आएपछि बाँदरहरु तर्सने र पुनःत्यही ठाउँमा नआउने किसानहरुले बताएका छन् ।
यसबाट कृषकहरुको खेती किसानीमा उत्साहित भएको र आगामी दिनमा कृषि उत्पादनमा समेत बृद्धि हुने अनुमान गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।