बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
 नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो

उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि 

उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि 

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 2.4K
    SHARES

  • उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं। काठमाडौं उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा उपत्यकाका ३ सय १ मध्ये काठमाडौंका २ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका ४७ जना र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको छ । 

    आज थपिएका सँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए ।

    त्यसैगरी, बुधबार थप ३८५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित हालसम्म १९ हजार ५ सय ४ संक्रमण मुक्त भएका छन् ।

    हाल १४ हजार ७ सय ९९ जना संक्रिय संक्रमित रहेको डा. गौतमले बताए ।

    बुधवार, भाद्र १० २०७७०४:३६:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार