बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेति प्रादेशिक अस्पतालमा  मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले गर्‍यो व्यवस्थापन

सेति प्रादेशिक अस्पतालमा  मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले गर्‍यो व्यवस्थापन

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 1.7K
    SHARES

  • सेति प्रादेशिक अस्पतालमा  मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले गर्‍यो व्यवस्थापन

    कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ।

    मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नम्वर ११ का ४५ बर्षीय पुरुषको आज मृत्यु भएपछि नेपाली सेनाले शव व्यवस्थापन गरिरहेको हो। सरकारले जारी गरेको मापदण्ड अनुसार मृतकको शव व्यवस्थापन गर्न लागिएको हो।

    धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि हिजो राति उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो भने सेतीमै उपचारका क्रममा मृत्यु भएको हो।

    बुधवार, भाद्र १० २०७७०४:११:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार