शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बाह्रविसे र भोटेकोशीका लागि बन्देउमा राहत सामाग्री हस्तान्तरण, बाँसखर्क जाँदै

बाह्रविसे र भोटेकोशीका लागि बन्देउमा राहत सामाग्री हस्तान्तरण, बाँसखर्क जाँदै

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 3.2K
    SHARES

  • बाह्रविसे र भोटेकोशीका लागि बन्देउमा राहत सामाग्री हस्तान्तरण, बाँसखर्क जाँदै

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चाका बाढी पीडितलाई राहत हस्तान्तरण गरेका छन् । बाह्रबिसे र भोटेकोशीका लागि बन्देउमा सामग्री हस्तान्तरण भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । 

    बन्देउमा राहत वितरण सकेर अहिले जुगल गाउँपालिकाको लिदी–२ को बासखर्कतर्फ जाँदै गरेको उनले बताए । लिदिबाट  विस्थापित भएर सोहि पालिका १ मा रहेको बाँसखर्कमा गएर बसेको पीडित भेट्न बासखर्क जान लागेका हुन् ।

    सभामुख सापकोटासँगै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोक पुगेको हो  । 

    बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत रहेको छ ।

    लिदिमा गएको पहिरोमा पनि हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । पहिराले बस्ती नै विस्थापित भएपछि १७२ घरधुरी लिदिबासीलाइ बासखर्क स्थानान्तरण गरिएको छ । यसअघि पनि २०७२ सालको भुकम्पपछि पीडितहरू यहि गएर बसेका थिए। तर, सामुदायिक वनको जग्गा भएकाले पीडितलाई फेरि लिदिमै फर्काइएको थियो ।

    बाह्रविसे र भोटेकोशी गाउँपालिकामा वितरण गरिएको राहत सामाग्रीः
    १। त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री ः ३०० सेट । 
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट 
    २। अस्थाई बसोबास निर्माणमा प्रयोगहुने औजार ३०० सेट । 
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट
    ३। भान्सा, खानपिन तथा सामान राखनधरन गर्र्न २४ किसिमका भाँडाबर्तन सहितको १५० सेट । 
    जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ४। ब्लाङ्केट ३०० थान । 
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट 
    ५। उनको ब्लाङ्केट,ज्याकेट र सल सहित न्यानो कपडा सेट ३०० थान ।  
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट    
    ६।  स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री सहितको १५० सेट । 
    जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट 
    ७।  बेबी स्मल प्याक स्  जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ८।  बेबी बीग प्याक ः  जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ९। ३७ किसिमका सरसफाई सामग्रीको सेट १५० थान 
    जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट 
    १०।  बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत एउटा प्यानलबाट चार घरमा बत्ती बाल्न मिल्ने किसिमका १०० थान सोलार प्यानल ।

     

     

    बुधवार, भाद्र १० २०७७११:४३:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार