शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

लिदी पहिरो बिस्थापितलाई भेट्न सभामुख सापकोटा बाँसखर्क जाँदै 

लिदी पहिरो बिस्थापितलाई भेट्न सभामुख सापकोटा बाँसखर्क जाँदै 

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 2.2K
    SHARES

  • लिदी पहिरो बिस्थापितलाई भेट्न सभामुख सापकोटा बाँसखर्क जाँदै 

    काठमाडौ :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी पहिरो बाट बिस्थापित भेट्न  सभामुख अग्निप्रसाद सापकोटा बासखर्क जान लागेका छन् ।  लिदिबाट  विस्थापित भएर सोहि पालिका १ मा रहेको बाँसखर्कमा गएर बसेको पीडित भेट्न बासखर्क जान लागेका हुन्। 

    अस्थायी स्थानान्तरण भएका पीडितहरुलाई भेट्न जान लागेको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपालेले जानकारी दिए।  सभामुख सापकोटासँगै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क जान लागेको उनले बताए।

     बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत रहेको छ। लिदिमा गएको पहिरोमा पनि हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्। पहिराले बस्ती नै विस्थापित भएपछि १७२ घरधुरी लिदिबासीलाइ बासखर्क स्थानान्तरण गरिएको छ।  यसअघि पनि २०७२ सालको भुकम्पपछि पीडितहरू यहि गएर बसेका थिए। तर, सामुदायिक वनको जग्गा भएकाले पीडितलाई फेरि लिदिमै फर्काइएको थियोे।

    बुधवार, भाद्र १० २०७७०९:३६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार