बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना संक्रमण बाट थप २ को मृत्यु 

कोरोना संक्रमण बाट थप २ को मृत्यु 

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 1.8K
    SHARES

  • कोरोना संक्रमण बाट थप २ को मृत्यु 

    काठमाडौं । कोरोना संक्रमण बाट थप २ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौं का ५४ बर्षिय पुरुषको गयराति साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ले जनाएको छ । मृतक  गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
    त्यस्तै,कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।

    नेपालगन्ज–१ निवासी ३७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति साढे १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँके ले जनाएको छ ।

    उनी यही भदौ ८ गते छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । पिसिआर परीक्षण गर्दा भदौ ९ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

     

    बुधवार, भाद्र १० २०७७०८:००:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार