काठमाडौं । काडमाडौं उपत्यका मा रहेको बुढानिलकण्ठ नगरपालिकाले ५० बेडको आईसोलेसन तयार गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न नगर प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औं कार्यपालिका बैठक लेनगरपालिका क्षेत्र भित्र कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखि ५० बेड आईसोलेसन तयार गर्ने निर्णय गरेको हो ।
नगरकार्यपालिका बैठकले वडा न. १० स्थित डिठ्ठा चौरमा निर्माणाधिन क्वारेन्टाईन भवनमा नै आईसोलेसन तयार गर्ने र वडा नं २ स्थित बिएकसिमा पनि आईसोलेसन तयार गर्न लागिएको छ ।
आइसोलेसन निर्माण तथा व्यबस्थापनका लागि उपमेयर रमादेवि राईको नेतृत्वमा समिति गठन गर्ने र सोमबार बसेको कार्यपालिका बैठकले होम आईसोलेसन लाई ब्यवस्थित गरी वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य संयोजक रहने गरी ३ सदस्य को संयोजकत्वमा रहने गरी एक संक्रमित बराबर एक ब्यबस्थापन समिति निर्माण गरीने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । उक्त समितिको अन्य २ सदस्यमा एक जना स्वास्थ्य कर्मी र एकजना संक्रमीतको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने भट्टराईले जानकारी दिए ।
बृढानिलकण्ठ नगरपालिकाले होम आइसोलेसनमा रहने संक्रमीतलाई नगरपालिकाले पोषण सुरक्षा वापत रु ४ हजार र उपलब्ध गराउने एक भन्दा बढी संक्रमीत रहेको परिवारलाई पोषण सुरक्षा वापत रु ६ हजार एकमुष्ट प्रदान गरिने छ भने संक्रमीतको सहयोगीलाई प्रोत्साहन स्वरुप प्रति परिवार रु २ हजार दिने निर्णय भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
कोभिड १९ को कारणले गर्नुपरेको वन्दावन्दी तथा निशेधाज्ञाको समयमा सुरक्षाकर्मीको भुमिकालाई मध्यनजर गरी बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र खटिने प्रहरीहरुलाई प्रति व्यक्ति रु १,००० प्रोत्साहन भत्ता उपलब्ध गराउने, नगरपालीकाको स्वास्थ्य सुरक्षामा खटिनुहुने पहिलो घेराका स्वास्थ्य कर्मिलाई ७५ प्रतिशत तथा निशेधाज्ञाको समयमा कार्यलयको आवश्यक्ता अनुसार खटिनुहुने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने नगरपालिकाले जारी गरेको बिज्ञप्तमा उल्लेख छ ।
हालसम्म बुढानिलकण्ठ नगरपालिका भित्र १हजार ९ जनाको पिसिआर टेस्ट गरिएको छ । नगरपालिका भित्र जम्मा संक्रमीतको संख्या १सय ३० पुगेको छ भने २८ जना कोभिड १९ बाट निको भई घर फर्किसकेका छन् । सोमबार सम्म १ सय २ जना कोरोना संक्रमीत अस्पताल तथा घरमा आइसोलेसनमा बसिरहेका छन् । कार्यपालिका बैठकले मंगलबार बुढानिलकण्ठ नगरपालीकाको ४ स्थानबाट ४०० जनाको पिसीआर टेस्ट गर्ने समेत बैठकले निर्णय गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।