काठमाडौं । थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २७१ महिला र ५८४ पुरुष गरि ८५५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमिको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
साथै, उपत्यकामा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
संक्रमितहरुमा काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जना रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।