शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काम नगर्ने पीसीआर किट  निर्देशनालयले पठाएपछि परीक्षणमा समस्या

काम नगर्ने पीसीआर किट  निर्देशनालयले पठाएपछि परीक्षणमा समस्या

मेगा खबर संवाददाता

९, भाद्र २०७७
  • 2.4K
    SHARES

  • काम नगर्ने  पीसीआर किट  निर्देशनालयले पठाएपछि परीक्षणमा समस्या

    रुकुमपश्चिम । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन ।
     
    प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । काम नगर्ने भएपछि सो किट प्रयोगशालामै थन्किएको छ । निर्देशनालयले सो किटसँगै एक्सट्रयाक्सन किट पनि भदौ ३ गते प्रयोगशालामा पठाएको थियो । 

    निर्देशनालयले पठाएको किटले पिसीआर परीक्षणको नतिजा दिन नसकेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिए । पिसीआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने काम गर्छन् । सो किटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको सह–संयोजक शर्माको भनाइ छ ।

    यसअघि पनि यो किट निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पनि पठाएको बुझिएको छ । त्यहाँ पनि काम नगरेपछि फिर्ता भएका सो किट चौरजहारीमा पठाएको सह–सह–संयोजक शर्माले बताए । किटले काम नगरेपछि फिर्ता पठाउने तयारी भैरहेको उनको भनाइ छ । मौखिक जानकारी यसअघि नै गराइसकिएको र लिखित जानकारीसहित किट फिर्ता पठाउने तयारी भैरहेको उनले बताए । 

    कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले भने किट खराब नभएको दाबी गरेको छ । किट खराब भएको होइन, पिसीआर मेशिन र किट म्याच नभएको हुन सक्ने दाबी निर्देशनालयको छ । चौरजहारीमा पठाइएका किट म्याच नभएको जानकारी आएको र उक्त किट फिर्ता मागिएको निर्देशनालयका निर्देशक रीता भण्डारीले बइन् ।

    यी किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको र सुर्खेतमा काम गरिरहेको निर्देशक भण्डारीको भनाइ छ । मेशिन अनुसार किटले काम गर्ने वा नगर्ने भन्ने सम्भावना हुने भएकाले चौरजहारीमा रहेको पिसीआर मेशिनसँग  किट म्याच नभएको तर सुर्खेतमा भने काम भैरहेको उनले जानकारी दिए।  

    यसबीच चौरजहारी प्रयोगशालामा किट अभाव भएको छ । प्रयोगशालामा दैनिक सयौं स्वाब आउने गरेका छन् ।
    तर प्रयोगशालामा किट नरहेको नगरपालिकाले जनाएको छ । प्रदेशले पठाएका किटले काम नगरेको र प्रयोगशालामा रहेका किट सकिएको नगर प्रमुख विशाल शर्माले बताए । किट खरिद गर्न आर्थिक अभाव रहेको उनको भनाइ छ ।

    प्रयोगशाला स्थापनादेखि हालसम्म रु एक करोड ९६ लाख खर्च भएको छ । अब नगरपालिका एक्लैले खर्च धान्न सक्ने अवस्था नरहेको प्रमुख शर्माले बताए । रुकुम पश्चिम, सल्यान र जाजरकोटका स्वाब पनि यहाँ नै परीक्षण हुने गरेको छ । अहिलेसम्म यसका लागि कुनै स्थानीय तहले खर्च व्यहोरेका छैनन् ।   

    चौरजहारी नगरपालिका—२ स्थित स्थापना भएको पिसीआर प्रयोगशालामा प्रदेश सरकारको केही लगानी भएपनि व्यवस्थापनका सम्पूर्ण कार्य नगरपालिकाले नै गर्दै आएको छ ।

    मंगलवार, भाद्र ९ २०७७०४:०४:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार