टिस्टुङ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा भेटिएको छ ।
गत साउन ७ गते राति चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गरेका थिए । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेका अवस्थामा राजगोमनलाई देखेका थिए ।
भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाई सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको छ ।
उद्धारपछि समूहका सदस्यले स्थानीयवासीलाई राजगोमनका बारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरि जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।