काठमाडाै, बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु पर्ने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकल सहित सवारी साधनमा १ साउनसम्ममा इम्बोस्ड नम्बर नगरिए कारबाही हुने चेतावनी दिए ।
बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित गुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडान सम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएको हो ।
सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेको थियो । इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।