काठमाडाै, चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ ।
आज बिहान कलेजका विद्यार्थीहरू आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी रहेका छन् । अधिकारी एमालेका नेता रहेका छन् ।
उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरे । सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरे । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुदीप गिरीले जानकारि दिए ।
उनले भने,यो संवेदनशील विषय हो, हामी अनुसन्धान गर्दै छौँ । कोअर्डिनेटर अधिकारीले आफूले ‘भने अनुसार गरे सहयोग गरिदिने’ भनेर गलत मनसायले भनेको विद्यार्थीहरूको आरोप छ । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।